धितोपत्र बोर्डले भोलिदेखि विश्व वित्तीय सप्ताह कार्यक्रम मनाउने, तयारी पुरा
धितोपत्र बोर्डले भोलिदेखि विश्व वित्तीय सप्ताह कार्यक्रम मनाउने, तयारी पुरा
काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्व वित्तीय सप्ताह कार्यक्रम मनाउने भएको छ । बोर्डले (चैत्र ७ गते देखि चैत्र १३ गतेसम्म) मार्च २१ देखि २७ सम्म एक हप्ताका लागि विश्व वित्तीय मनाउन आवश्यक तयारी पुरा भएको जानकारी गराएको छ ।
किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वको लागि जागरण ल्याउने उद्धेश्यले कार्यक्रम मनाउन लागेको बोर्डले जनाएको छ । उक्त कार्यक्रम अर्गनाइजेशन अप इकोनोमिक कोअर्पाेरेशन एण्ड डेभलपमेन्टको आयोजनामा वार्षिक रुपमा मनाउने भएकाले नेपाल राष्ट्र बैंकको समन्वयमा कार्यक्रम मनाउन लागेको हो ।
कार्यक्रममा नेप्से, सिडिएससि, मर्चेण्ट बैंकर, धितोपत्र दलाल व्यवसायी, रेटिङ्ग एजेन्सीको समेत सहभागी रहनेछ ।














