एनएमबि क्यापिटलको सीईओमा दीपेश कुमार वैद्य
एनएमबि क्यापिटलको सीईओमा दीपेश कुमार वैद्य
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वैद्य नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैंठकले क्यापिटलको सीईओमा दीपेश कुमार वैद्यलाई नियुक्त गरेको हो ।
स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका सीईओ वैद्य यसअघि विभिन्न स्वदेशी मर्चेन्ट बैंकिङ्ग कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेको अनुभव छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत वैद्यले चैत ६ गते आइतबारदेखि कार्यभार सम्हालेका हुन् ।













