केसीएल अस्ट्यूट क्यापिटलको ५१ प्रतिसत सेयर किनेर बन्यो गरिमा क्यापिटल
केसीएल अस्ट्यूट क्यापिटलको ५१ प्रतिसत सेयर किनेर बन्यो गरिमा क्यापिटल
काठमाडौं । गरिमा विकास बैंकले ५१.२०% शेयर स्वामित्व किनेर गरिमा क्यापिटल लिमिटेडको नामबाट सोमबारदेखी औपचारीक कारोवार सुभाम्भ गरेको छ ।
(साविक के सी. एल अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ । सो कम्पनीले प्रदान गर्दै आएको सेवा तथा कारोबारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुनेछ ।
गत आषाढ ०४ गते केसीएल अस्ट्यूट क्यापिटल र गरिमा विकास बैंक बिच गरिमा विकास बैंक लिमिटेडले ५१.२० प्रतिसत सेयर खरिद गर्ने सम्झौता भएको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयको यही चैत्र महिना ०७ गतेको पत्रबाट साविकको केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति गरिमा क्यापिटल लिमिटेड कायम भएको क्यापिटलले सोमबार पत्रकार सम्मेलन गरेर जनाएको छ ।













