११ श्रावण २०८३, सोमबार

नेप्सेमा आरम्भ चौतारी लघुवित्तको शेयर मूल्य समायोजन, कति छ समायोजित मूल्य ?

नेप्सेमा आरम्भ चौतारी लघुवित्तको शेयर मूल्य समायोजन, कति छ समायोजित मूल्य ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । लघुवित्तको १९.६२ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ११६ रूपैयाँ ८६ पैसा कायम हुनेगरी शेयर मूल्य समायोजन गरेको हो । बिहीबार सोही मूल्यका आधारमा लघुवित्तको शेयर कारोबार हुनेछ ।

नेप्सेले आज बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ३३६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।