चित्रपुस्तक ‘किताब पढ्ने भालु’ नेपाली भाषामा प्रकाशित
चित्रपुस्तक ‘किताब पढ्ने भालु’ नेपाली भाषामा प्रकाशित
काठमाडौं । एन्दु काट्ज र जुलिआना लिभेए टुडेलको लेखन रहेको पुस्तक ‘किताब पढ्ने भालु’ नेपाली भाषामा प्रकाशित भएको छ। लेखक एन्दु पन्ध्र वर्षदेखि लगातार पढाउँदै, कथा भन्दै र कथा लेख्दै आएका छन्। यसैगरी यस चित्र पुस्तकलाई राजीव धर जोशीले नेपाली भाषामा अनुवाद गरेको छ ।
यस पुस्तकमा जोसेफ सेरमनको चित्राङकन रहेको छ । सेरमन चित्र सम्पादन एनिमेसनका लागि जेमिनी पुरस्कार प्राप्त चित्रकार हुन्। चित्र सम्पादनमा उनको तीस वर्षको अनुभव रहेको छ।
चित्रपुस्तक ‘किताब पढ्ने भालु’ मा जुली नामक पात्रले सधैँ भालुलाई भेट्ने सपना देख्थी तर उसको घरनजिकैको जङ्गलमा कहिल्यै भालु देखा परेन। भालुलाई भेट्ने उदेश्यले जुली सधैँ जङ्गल जान्थी। एकदिन जुली भालुको कथा भएको किताब बोकेर जङ्गल जान्छिन् र ध्यान दिएर किताब पढ्न थाल्छिन्। त्यत्तिकैमा जुलीको आमाले उसलाई खाना खान बोलाउँछिन्। जुलि खाना खान जाँदा किताब त्यहीँ छोडेकी हुन्छिन्।
केही समयपश्चात जुली आफ्नो किताब लिन फेरि जङ्गलतिर जान्छिन् तर त्यहाँ किताब हुँदैन। आफ्नो किताबको खोजी गर्नेक्रममा जुली निलो पन्जाका धेरै छापहरु देख्छिन्। छापहरूलाई पछ्याउँदै जुली रुखमाथि बनेको घरमा पुग्छिन्। के उसले साचिकै भालुलाई भेत्छिन् रु यो जान्नको लागी अवश्य पनि पुरै पुस्तक पढ्नु होला ।
तीन वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा नौ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न उपयुक्त पुस्तक ‘किताब पढ्ने भालु’ ।













