११ श्रावण २०८३, सोमबार

१६ महिने बालिका बलात्कार आरोपमा युवक पक्राउ

१६ महिने बालिका बलात्कार आरोपमा युवक पक्राउ



काठमाडौं । १६ महिने बालिका बलत्कार गरेको आरोपमा एक जना युवक पक्राउन परेका छन् । कैलालीमा १६ महिने बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका हुन् ।

टिकापुर नगरपालिकाकी १६ महिने बालिका बलात्कारको उजुरी परेपछि प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरिएको हो ।

पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएएका थिए । सोही आधारमा प्रहरीले युवकलाई पक्राउ गरेको हो । युवकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बालिकाको स्वास्थ्य परीक्षणका गरिएको छ । तर, रिपोर्ट सार्वजनिक गरिएको छैन ।