११ श्रावण २०८३, सोमबार

निर्माण व्यवसायी शर्मालाई मातृशोक

निर्माण व्यवसायी शर्मालाई मातृशोक



काठमाडौं । प्रतिष्ठित निर्माण व्यवसायी तथा शर्मा एन्ड कम्पनीका प्रबन्ध सञ्चालक रमेश शर्मालाई मातृशोक परेको छ । उनकी आमा रेवतीदेवी शर्माको ८३ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।

रेवतीदेवी निर्माण व्यवसाय क्षेत्रका अग्रणी व्यक्तित्व स्वर्गीय राधाकृष्ण शर्मा पराजुलीकी धर्मपत्नी हुन् ।

काठमाडौंको ताहाचलस्थित निवासमै रेवतीदेवीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सामान्य हृदयाघातबाट निधन भएको अनुमान गरिएको शर्मा एन्ड कम्पनीका चिफ म्यानेजर रमेश सुवेदीले जानकारी दिए । उनका अनुसार स्वर्गीय रेवतीदेवीको शुक्रबार पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

आमाको पार्थिव शरीरमा व्यवसायी शर्माले दागबत्ती दिएका थिए । स्वर्गीय रेवतीदेवीका दुई छोरी र एक छोरा छन् ।