बालकृष्ण खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणलाई दिईएको छ । गृहमन्त्री समेत रहेका बालकृष्ण खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिईएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भ्रमणका लागि भारत प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खाणलाई दिईएको हो । प्रधानमन्त्री देउवा आज भारत प्रस्थान गरेका छन् ।
गृहमन्त्री खाणले देउवा स्वदेश नफर्किदासम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् । आफ्नो अनुपस्थितिमा प्रधानमन्त्रीको दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी देउवाले सिफारिस गरेअनुसार गृहमन्त्री खाणलाई जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।













