प्रधानमन्त्री देउवालाई भारतका राज्यमन्त्रीले गरे स्वागत
प्रधानमन्त्री देउवालाई भारतका राज्यमन्त्रीले गरे स्वागत
काठमाडौं । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा ३ दिने भ्रमणका लागि प्रधानमन्त्री देउवा भारत प्रस्थान गरेका थिए । ४० सदस्यीय टोलीको नेतृत्व गर्दै गएका प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका हुन् ।
दिउँसो साढे १ बजे काठमाडौंबाट नेपाल वायु सेवा निगमको जहाजमार्फत गएका देउवा ४ बजे नयाँ दिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
देउवासँग स्थानीय समयअनुसार आज ४ः३० बजे भारतीय विदेशमन्त्री एस.जयशंकरले नयाँ दिल्लीस्थित होटल आईटीसीमा शिष्टाचार भेट गर्नेछन् ।













