एमबीबीएस प्रवेश परीक्षामा नक्कली ५ जना परीक्षार्थी पक्राउ
एमबीबीएस प्रवेश परीक्षामा नक्कली ५ जना परीक्षार्थी पक्राउ
काठमाडौं । एमबीबीएस प्रवेश परीक्षामा नक्कली ५ जना परीक्षार्थी पक्राउ परेका छन् । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षामा ५ जना नक्कली प्रशिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं र भक्तपुरको परीक्षा क्षेत्रबाट प्रहरीले ५ जनालाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
पक्राउ परेका ४ जना नक्कली परीक्षार्थी रहेका छन् भने १ जना परीक्षार्थी रहेका छन् । उनले अर्का व्यक्तिलाई परीक्षा दिन लगाएका थिए । उनी अहिले फरार छन् । घटनामा थप अनुसन्धान जारी रहेको जनाएको छ ।













