यी हुन् ८ महिनामा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने टप ५ निर्जीवन र जीवन बीमा कम्पनी
काठमाडौं । बीमा कम्पनीको नियामक निकाय बीमा समितिले चालु आर्थिक बर्षको फागुन मसान्तसम्मको बीमा कम्पनीको कुल बीमाशुल्क आर्जनको तथ्याङ्क सार्वजनिक गरेको छ ।
बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ८ महिना अर्थात् फागुनसम्ममा २० वटा निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब २९ करोड ९९ लाख ६० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । त्यस्तै, चालु आर्थिक बर्षको ८ महिना अर्थात् फागुन महिनासम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २० करोड ३९ लाख २० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
यहाँ यो ८ महिनाको अवधिमा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्ने ५ वटा निर्जीवन बीमा कम्पनी र ६ वटा जीवन बीमा कम्पनीको बारेमा उल्लेख गर्न खोजिएको छ ।
निर्जीवन बीमा कम्पनी
निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । शिखर इन्स्योरेन्सले ३ अर्ब १० करोड २९ लाख रुपैयाँ, दोश्रोमा सगरमाथा इन्स्योरेन्सले २ अर्ब २२ करोड रुपैयाँ, तेस्रोमा नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ, चौथौंमा सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ, पाँचौंमा एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड ६१ लाख ८७ हजार रुपैयाँ र छैटौंमा प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४४ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
जीवन बीमा कम्पनी
जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले २३ अर्ब ९३ करोड १२ लाख ४६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले ११ अर्ब ११ करोड ७७ लाख ६४ हजार रुपैयाँ, तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले ९ अर्ब १ करोड ३७ लाख ४५ हजार रुपैयाँ, चौथौंमा राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ६८ करोड ४२ लाख ४८ हजार रुपैयाँ, पाँचौंमा युनियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ५८ करोड २१ लाख २६ हजार रुपैयाँ र छैटौंमा एशियन लाइफ इन्स्योरेन्सले ४ अर्ब ५४ करोड २७ लाख १० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।













