युनिक नेपाल लघुवित्तले एफपीओ निष्काशन गर्ने, अनुमति माग्दै बोर्ड पुग्यो
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
लघुवित्तले एफपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्काशन तथा बिक्री गर्न अनुमति माग्दै बोर्डमा आवेदन खिएको हो ।
लघुवित्तले बोर्डमा चैत्र १७ गते एफपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।













