राष्ट्र बैंकद्वारा गाडी आयात रोक्न बैंकका सीईओलाई निर्देशन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

राष्ट्र बैंकद्वारा गाडी आयात रोक्न बैंकका सीईओलाई निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएको छ । दिनप्रतिदिन अर्थतन्त्रका सूचकहरू बिग्रन थालेपछि समसामयिक विषयमा छलफल गर्न राष्ट्र बैंकले सोमबार २७ वटै बैंकका सीईओलाई बोलाएर छलफल गरेको हो ।

राष्ट्र बैंकले छलफलमा बैंकका सीईओहरुलाई विदेशबाट गाडी आयात एलसी रोक्न निर्देशन दिएको हो ।

सोमबारको छलफलमा राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, अनुसन्धान विभागका डा प्रकाश श्रेष्ठ र विदेशी विनिमय विभागका रामु पौडेल सहभागी भएका थिए ।

सुपरिवेक्षण विभागका प्रमुख ढकालले बैंकहरुले सीडी रेसियो ९० प्रतिशत भन्दा माथि रहेकाले यसलाई सीमामा ल्याउन निर्देशन दिएको बैठकमा सहभागी एक सीईओले बताए ।

अनुसन्धान विभागका प्रमुख श्रेष्ठले शोधानान्तर घाटा अत्याधिक बढेकाले विदेशी सन्चिती ६ महिनाको वस्तु तथा सेवा आयात समेत धान्न नसक्ने अवस्थामा पुगेकाले गाडी आयातको एलसी रोक्न निर्देशन दिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्