११ श्रावण २०८३, सोमबार

निर्वाचन आचारसंहिता लागू, के गर्न हुन्छ, के गर्न हुँदैन् ? (पूर्णपाठ सहति)



काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आज (२५ चैत, शुक्रबार) देखि लागू हुने जनाएको छ ।

आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन्, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन् । दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले प्रष्ट पारेको छ ।

झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्नसमेत रोक लगाइएको आयोगले जनाएको छ ।