एमाले विरुद्ध ५ दलिय संयुक्त अपिल जारी
काठमाडौं । सत्तारुढ गठबन्धनको अपिल जारी गरेको छ । सोमबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी) नेता झलनाथ खनाल, जनता समाज पार्टी वरिष्ठ नेता अशोक कुमार राई, राष्ट्रिय जनमोर्चा पार्टीका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षर गर्दै अपिल जारी गरेका हुन् ।
सोमबार शीर्ष नेताको बालुवाटारमा बैठक बसेको थियो । चुनावमा तालमेल गर्न संयुक्त रुपमा अपिल जारी गरेका हुन् । आसन्न स्थानीय चुनावमा एमालेविरुद्ध देशव्यापी गठबन्धन गरेर जाने निर्णय गरेका हुन् ।














