११ श्रावण २०८३, सोमबार

आफ्नै श्रीमानको हत्या गरेर प्रहरीमा पुगिन्



काठमाडौं । श्रमानको हत्या गरेर महिला प्रहरीमा पुगेकी छिन् । कैलालीमा घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी हुन् ।

कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा आफूले आफ्नै श्रीमानको हत्या गरेको भन्दै प्रहरीमा पुगेकी हुन् । अहिले घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक्षक लोकेन्द्र गुरुको नेतृत्वमा टोली पठाइएको छ ।’

विगतदेखि नै उनीहरुबीच विवाद रहेको बताईएको छ ।