११ श्रावण २०८३, सोमबार

गभर्नर अधिकारीलाई निलम्बन गर्नुको कारण बताए प्रधानमन्त्री देउवाले



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको प्रति प्रधनमन्त्री शेर बहादुर देउवाले जवाफ दिएका छन् । अर्थमन्त्री जनार्दन शर्मालाई सहयोग नगरेका कारण गभर्नर अधिकारीलाई निलम्बन गरिएको प्रधानमन्त्री देउवाले बताए ।

अर्थमन्त्री शर्माले प्रधानमन्त्री सामु गभर्नर अधिकारीले काम गर्न नदिएको र आफूले गरेका काममा असहयोग गरेको गुनासो गरेपछि निलम्बन गरिएको उनले बताए ।

अर्थमन्त्रालयले सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेसँगै गभर्नर अधिकारी निलम्बनमा परेका थिए । छानबिन समितिमा डा. सूर्य थापा र डा चन्द्रकान्त पौडेल सदस्य रहेका छन् भने समितिलाई एक महिनाभित्र आफ्नो प्रतिवेदन दिने कार्यादेश दिइएको छ ।

गभर्नर अधिकारी गत शुक्रबार निलम्बनमा परेका हुन् ।