११ श्रावण २०८३, सोमबार

विदेशी मुद्रा सञ्चिती ६ महिनालाई पुग्छः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वृद्धिदर ४ प्रतिशत मात्रै हुने देखिएका बताएका छन् । सोमबार अर्थमन्त्रालयद्वारा देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिने उद्देश्यले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।  

उनले आफ्नो अर्थमन्त्रीको कुर्सी सम्हाल्ने बेला आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने लक्ष्य लिएका थिए । तर कोरोना महामारीका कारण लक्ष्य हासिल गर्न असम्भव रहेको मन्त्री शर्माले बताए । 

साथै मन्त्री शर्माले विदेशी मुद्रा सञ्चिती ६ महिनालाई पुग्ने दावी गरेका छन् । रुस युक्रेन युद्धका कारण मूल्यवृद्धि नियन्त्रण गर्ने चुनौती बढेको उनले बताए ।

शर्माले विदेशी विनिमय सञ्चिति बढावा दिनेगरी नीतिगत कदम चालिएको बताए । वस्तु आयातमा भएको उच्च वृद्धिका कारण व्यापार घाटा अत्यधिक भएको उनको भनाई छ । उनले राजश्व परिचालन भने अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको बताए ।

शर्माले मुद्रा स्फिति दर ५.४ प्रतिशत रहेको बताए ।