खाली ठाउँ भूमाफियाले कब्जा गरेः प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले काठमाडौंका खाली ठाउँमा भूमाफियाहरुले जथाभावी हडपिरहेको बताएक छन् । मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले .भूमाफियाहरूले काठमाडौंका ठाउँठाउँमा जथाभावी जग्गा हडप्दै गएकाले कडाइ गरिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘भूमाफियाहरूले जथाभावी ठाउँठाउँमा जग्गा हडप्दै गएका छन्, कसरी गरेका छन्, पनि थाहा छैन । भोलि काठमाडौंमा खाली ठाउँ नै हुने छैन । यसमा पनि ध्यान दिनुपर्छ ।’
भूमाफियाहरुले खाली ठाउँ सबै आफ्नो नाममा गरेको प्रधानमन्त्री देउवाले बताए । सहरी मन्त्रालय, गृह मन्त्रालयले सबै मिलेर काठमाडौंका खाली ठाउँहरूलाई जोगाउन निर्देशन दिए ।















