हप्तामा २ दिन बिदा दिने निर्णय के भयो ?
काठमाडौं । पेट्रोलियम पदार्थको खपत कम गर्न सातामा २ दिन विदा दिने विषय अहिले चर्चामा छ । तर हालसम्म सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय नगरेको जनाएको छ ।
सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हप्तामा २ दिन बिदा दिने निर्णय नगरेको जानकारी गराएका छन् । हप्तामा २ दिन बिदा दिने विषयमा मन्त्रिपरिषदमा छलफल भएको हो तर निर्णय नभएको उनले बताए ।
‘सातामा दुई दिन बिदा दिने निर्णय भएको भए सार्वजनिक गरिने उनको भनाई छ । ‘सातामा दुई दिन बिदा दिने बहसको विषयमा रहेको उनले बताए ।













