यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णय
काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ ।
मन्त्रिपरिषदको बुधवार बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना, प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गर्दै विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी गराए ।
त्यस्तै, संयुक्त राज्य अमेरिकाको अन्तराष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसएआइडी) बाट प्राप्त हुने अमेरिकी डलर ६५९ मिलियन (करिब ७९ अर्ब ७१ करोड रुपैयाँ) अनुदान सहायता रकम पनि स्वीकार गर्ने
त्यस्तै, फुकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने,
त्यस्तै, सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरिक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पुष्पराम केसीलाई बढुवा नियुक्ति गर्ने,
त्यस्तै, मायादेवी गाउँपालिकालाई आधारभुत अस्पताल, गाउँपालिकाको प्रशासकिय भवन लगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने
त्यस्तै, कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकिय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने
त्यस्तै, राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष रामआधार कापारको राजीनामा स्वीकृत गर्ने














