नेप्सेमा नेपाल पुनर्बीमाको बोनस शेयर सूचीकृतमा किन ढिलाई ?
काठमाडौं । लामो समय हुँदा पनि नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुन सकिरहेको छैन् ।
नेपाल पुर्नबीमाको साधारण सभाबाट पारित भएको बोनस शेयर ३ महिना भन्दा बढी हुँदा पनि नेप्सेमा बोनस शेयर सूचीकृत हुन ढिलाई भएको हो । जसको प्रत्यक्ष मारमा इन्स्योरेन्स कम्पनीका शेयरधनी परेका छन् ।
नेपाल पुर्नबीमा कम्पनीको गत पौष २२ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाले १६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २.५० प्रतिशत नगद गरी कूल १९ प्रतिशत लाभांश पारित गरेको थियो । तर उक्त बोनस शेयर नेप्सेमा सूचीकृत नहुँदा शेयरधनीलाई मर्का परेको छ ।
नेपाल पुर्नबीमाका कुनै पनि निर्णय गर्दा बीमा समितिबाट स्वीकृत त लिनु नै पर्छ भने नेपाल सरकारको अर्थ मन्त्रालयबाट पनि स्वीकृति लिनुपर्ने हुन्छ । अर्थमन्त्रालले हालसम्म स्वीकृति नदिँदा बोनस शेयर नेप्सेमा सूचीकृत हुन ढिलाई भएको कम्पनीले जनाएको छ । अर्थमन्त्रालयमा स्वीकृतिको लागि प्रक्रियामा नै रहेकोले ढिलाई भएको हो ।













