सरकारी सुविधाको इन्धनमा २० प्रतिशत कटौति गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशत कटौति गर्ने निर्णय गरेको छ । चैत ३० गते बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
अर्थ मन्त्रालयले जारी गरेको सूचना अनुसार असार मसान्तसम्म लागू हुने गरी उक्त शुल्क कटौति गर्ने निर्णय गरेको हो । बढ्दो ब्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको संचितिमा परेको चापलाई मध्यनजर गर्दै चालु आर्थिक वर्षमा इन्धन शिर्षकमा विनियोजित बजेटमा थप कटौति गर्ने निर्णय गरेको हो ।
इन्धन शिर्षकमा विभिन्न मन्त्रालय निकाय तथा नेपाल सरकारसँग सम्बद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौति गर्ने भएको हो ।














