तत्काल अर्थमन्त्री फेरिदैन: प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री नफेर्ने बताएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अर्थमन्त्री फेर्ने कुनै सम्भावना नरहेको बताएका हुन् ।
सो सम्मलेनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदैँ प्रचण्डले अर्थमन्त्री फेर्न बिषयमा कुनै छलफल नभएको बताएका हुन । गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बनको बिषयमा लिए हाल अर्थ मन्त्री जनार्दश शर्माको चौर्तफी आलोचना भइरहेको छ ।
देशको अर्थतन्त्र गम्भिर मोडमा पुगेको बेला सरकारले बैंकहरुसँग समन्वय गरेर अगाडि बढ्ने बेला शर्माले आफुलाई सफल देखाउन गभर्नरलाई निलम्बन गरेको भन्दै विरोध भइरहेको छ ।













