११ श्रावण २०८३, सोमबार

मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने, शेर्पाको रिट खारेज



काठमाडौं । स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि जारी गरेको आचारसंहितामा जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको हो ।

तर उक्त व्यवस्था खारेजी गर्न र तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा परेको रिट परेको थियो ।उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त रिट खारेज गरेको हो ।

यसअघि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आयोगको उक्त व्यवस्थाविरुद्ध परेको रिटमा सुनुवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सो आदेशविरूद्ध महान्यायाधिवक्ता कार्यालय भ्याकेटमा गएको थियो ।

बैशाख ३० गते निर्वाचनमा बहालवाला जनप्रतिनिधि फेरि उम्मेदवार बन्ने भए बैशाख १० गतेसम्म राजीनामा दिनुपर्ने व्यवस्था आयोगले गरेको छ । त्यसविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।