११ श्रावण २०८३, सोमबार

गरिमा क्यापिटलमा १ हजार ९९९ रुपैयाँमा आजीवन डिम्याट र मेरो शेयर खाता



काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ सालको अवसरमा विभिन्न योजना सार्वजनिक गरेको छ । क्यापिटलले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै तीन वटा नयाँ अफर सार्वजनिक गरेको हो ।

१. आजीवन हितग्राही तथा मेरोशेयर खाता योजना
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र १ हजार ९९९ रुपैयाँ भुक्तानी गरी आजीवन हितग्राही खाता खोल्न÷नविकरण गर्न सक्नुहुनेछ । यसबाट ग्राहकहरु वर्षेनी हितग्राही तथा मेरोशेयर खाता नविकरण गर्नुपर्ने झण्झटबाट मुक्त हुन सक्नुहुनेछ । ग्राहकहरुले यो सुविधा गरिमा क्यापिटल लिमिटेडको हात्तिसार, काठमाडौँ स्थित केन्द्रीय कार्यालय वा गरिमा विकास बैंक लिमिटडका देशैभर फैलिएका शाखा कार्यालयहरु वा गरिमा क्यापिटल लिमिटेडको वेवसाईट garimacapital.com मा गई उपभोग गर्न सक्नुहुनेछ ।

२. निशुल्क अनलाईन हितग्राही तथा मेरो शेयर खाता योजना
यस योजना अन्तर्गत ग्राहकहरुले गरिमा क्यापिटल लिमिटेडको वेवसाईट garimacapital.com मा गई अनलाईन डिम्याट नामको अप्सनमा क्लिक गरी पहिलो वर्षको लागि निःशुल्क हितग्राही तथा मेरोशेयर खाता खोल्न सक्नुहुनेछ । यस योजना अन्तर्गत पहिलो वर्षको डिम्याट खाता सञ्चालन शुल्क समेत लाग्ने छैन ।

३ लगानी ब्यवस्थापन सेवामा लाग्ने वार्षिक ब्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट
यस योजना अन्तर्गत ग्राहकहरुले लगानी व्यवस्थापन सेवामा लाग्ने वार्षिक व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्नुहुनेछ । यो योजना २०७९ साल आषाढ मसान्त सम्म मात्र लागू हुनेछ ।ग्राहकहरुले यो सुविधा गरिमा क्यापिटल लिमिटेडको हात्तिसार, काठमाडौँ स्थित केन्द्रीय कार्यालय वा गरिमा विकास बैंक लिमिटडका देशैभर फैलिएका शाखा कार्यालयहरु वा गरिमा क्यापिटल लिमिटेडको वेवसाईटमा गई उपभोग गर्न सक्नुहुनेछ ।