एससिटीले गर्यो आफ्नो नयाँ लोगो सार्वजनिक
काठमाडौं । नेपालमा कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक कम्पनीका रूपमा अग्रणी भूमिका निर्वाह गरिरहेको एससीटी, स्मार्ट च्वाइस टेक्नोलोजीजले आफ्ना सेवाहरूमा सुधारको घोषणाका साथै आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नेपालबाट सञ्चालित यस कम्पनीले ’क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउदै आरहेको छ ।
एससिटी नेपाललाई पहिलोपटक विल्कुलै नयाँ इन्टग्रेटेड शेयर्ड स्विचिङ पेमेन्ट नेटवर्क र डोमेस्टिक प्रोपाइटरी कार्ड योजनासँग परिचित गराउने पथप्रदर्शक रहेको छ । आज एससिटीले आफ्ना आयामहरुलाई अझ विस्तृत गर्दै विविध किसिमका सेवाहरूलाई एउटै छातामुनि एकीकृत गरेको छ यसले दोहोरो इन्टरफेस (सम्पर्कसहित र सम्पर्कविहीन) देखि लिएर डेबिट र प्रिपेड कार्ड (घरेलु र अन्तर्राष्ट्रिय), एटीएम र पीओएसको परस्पर सम्बन्ध, बिएफआइहरूबीचको अन्तरसञ्चालन, अन्तर्राष्ट्रिय योजनाहरुको गेटवे, यूआरसि भुक्तानी प्लेटफर्म र यस मार्फत् वित्तीय प्रविधिको पूर्ण समाधानसम्मका विविधतापूर्ण भुक्तानी सेवाहरु प्रवाह गर्दै नेपालमा डिजिटल भुक्तानीको पूर्वाधार र विकासमा सघाउ पु¥याएको छ ।
सीईओ नारायण प्रकाश भुजुले ‘हामीले हाम्रो पोर्टफोलियोमा थपेका हाम्रो नयाँ सेवाहरु अगाडि ल्याउन पाउँदा उत्साहित छौं नेपाललाई डिजिटल भुक्तानीमा विश्वभर उत्कृष्ट प्रविधिमा आधारित बन्न मद्दत पुर्याउने कम्पनीको भिजनलाई नयाँ लोगोले सङकेत गर्छ । क्यान ईन्फोटेक प्रविधिको क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि आयोजना गरिदै आइरहेको इभेन्टमा हाम्रो लोगो र सेवाहरु सार्वजनिक गर्नु यस इभेन्ट भन्दा उचीत अवसर अरु कुनै हुन सक्दैन’ ।
सन् २००१ मा स्थापित, एससिटी र एसिटी नेटवर्क को रुपमा चिनिने स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंक अन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पिएसओ) हो । एससिटीले नेपालका अधिकांश वाणिज्य बैंकहरु, विकास बैंकहरु, पिएसपि पेमेण्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थाहरुलाई विभिन्न कार्डहरू र भुक्तानी प्लेटफर्महरु उपलब्ध गराउँछ । एससिटीले आफ्ना सेवाहरू र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजनाहरू (युनियन पे इन्टरनेसनल, पल्स नेटवर्क, र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको छ ।













