प्रुडेन्सियल इन्स्योरेन्सको ७.३६८ प्रतिशत लाभांश आज पारित हुँदै
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कर्पोरेसन लिमिटेडको आफ्नो वार्षिक साधारण सभा आज हुने भएको छ । इन्स्योरेन्स कम्पनीको २० औं वार्षिक साधारण सभा आज (बैशाख ११ गते, आइतबार) दियालो लर्डस पर्सा, वीरगञ्जमा दिँउसो १२ः३० बजेदेखि शुरु हुने छ ।
इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद गरी कूल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै, सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७७–७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।













