१२ श्रावण २०८३, मंगलबार

१०.५२६% लाभांश पारितका लागि सिक्लेस हाइड्रोपावरको साधारण सभा जेठ १३ गते, २० लाख कित्ता आईपीओ जारी गर्ने



काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले १७औं वार्षिक साधारण सभा जेठ १३ गतेका लागि बोलाएको छ । बैशाख १९ गते बसेको संचालक समितिको बैठकले आभ्या क्लब घारीपाटन १७ पोखरा कास्कीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले सर्वसाधारणमा २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्कासनका लागि गत कात्तिक २९ गते नै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

उक्त सभाले संचालक समितिबाट सिफारिस भए बमोजिम २०७८ अषाढ मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्ष २०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको गर्ने प्रस्ताव पारित गर्नेछ ।