१२ श्रावण २०८३, मंगलबार

ज्योति लाइफको ब्रान्ड एम्बेसडर राजेश हमाललाई निरन्तरता



काठमाडौं । ज्योति लाईफको ब्राण्ड एम्बेसडरको रुपमा महानायक राजेश हमालको निरन्तरता कायम रहने भएको छ । कम्पनीको स्थापना काल देखिनै ज्योति लाईफको ब्राण्ड एम्बेसडरमा रहेका महानायक र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता नविकरण गरिएको हो ।

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री साथै महानायक राजेश हमालको हस्ताक्षर गरेका छन् । यस सम्झौता पछि ब्राण्ड एम्बेसडर महानायक हमालले ज्योति लाईफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिने भएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी तथा सरलताले भरिएका अभिनेता महानायकसँगको सहकार्यले ज्योति लाईफको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने बताए ।