१२ श्रावण २०८३, मंगलबार

९० करोड रुपैयाँ बराबरको आईपीओ जारि गर्ने प्रस्ताव पारित गर्दै महालक्ष्मी लाइफको विशेष साधारणसभा सम्पन्न



काठमाडौं । महालक्ष्मी लाइफले आफ्नो विशेष साधारण सभा आज (बैशाख २५ गते) होटल हुकुम दरवार कमलपोखरी काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ जारी गर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्सको सभाले पूँजी बृद्धिका लागि आईपीओ सहितका योजना अगाडि ल्याएको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ । बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५ अर्ब गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजी बृद्धि योजना पेश गरेको थियो । सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो ।

अधिकृत पूँजी ५ अर्ब र जारी पूँजी ३ अर्ब पुर्याउने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलिको प्रस्तावित संसोधनका बारे अख्तियारी संचालक समितिलाई दिईने निर्णय गरेको हो ।

पूँजी वृद्धि योजना बमोजिम अघि बढ्न आइतवार विशेष साधारण सभा सम्पन्न भएपश्चात् बसेको सञ्चालक समितिको ५८औं बैठकले सञ्चालक सुरेश सापकोटाको संयोजकत्वमा सञ्चालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तीन सदस्यीय मर्जर कमिटी समेत गठन गरेको छ ।

त्यस्तै, कम्पनीले पूँजी बृद्धि भएबमोजिम सर्वसाधारणलाई छुट्याईएको शेयर सार्वजनिक गर्ने प्रस्ताव पारित गरेको छ । सभाले महालक्ष्मी लाइफ र अन्य कुनै जीवन बीमा कम्पनी एक आपसमा मर्ज हुने (गाभ्ने–गाभिने), प्राप्ती गर्ने (एक्विजिशन) गर्ने प्रयोजनको लागि आवश्यक सम्पर्ण प्रक्रियागत प्रकयाहरु अवलम्बन गरी मर्ज हुने (गाभ्ने–गाभिने), प्राप्ती गर्ने (एक्विजिशन) गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रस्ताव समेत पारित गरेको हो ।