१२ श्रावण २०८३, मंगलबार

बैतडीमा शिक्षक कुटपिट गर्ने गठबन्धनका उम्मेदवार पक्राउ



काठमाडौं । बैतडीमा एक शिक्षक माथि कुटपिट गरेको भन्दै सत्ता गठबन्धन तर्फका उम्मेदवार प्रक्राउ गरेका छन् । जिल्लाको डिलाशैनि गाउँपालिकमा अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले प्रक्राउ गरेको हो ।

राना माओवादीका नेता हुन । प्रहरीका अनुसार राना र उनका कार्यकर्ताहरुले प्राध्यापक डिलासैनी ५ का पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेका थिए । उक्त गाउँ पालिकामा रानाले स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार तथा सपोर्ट गरेको भन्दै खुटपिट गरेको प्रहरीले बताएको छ ।

अहिले दुवै पक्ष बिच प्रहरी चौकी गोकुलेश्वरमा छलफल भइरहेको छ ।