१२ श्रावण २०८३, मंगलबार

वैशाख २८ र २९ गते मतदान गर्न तरिका सिकाउन आयोगको निर्देशन



काठमाडौ । निर्वाचन आयोगले वैशाख २८ र २९ गते गरेर दुई दिनमा मतदान गर्ने सही तरिका सिकाउन निर्देशन दिएको छ आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।

आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६ सय ७६ वटा निर्वाचन अधिकृतको कार्यालय, सात वटा प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।

आयोगले उपलब्ध गराएका नमूना मतपत्र लगायतका पोष्टर, ब्रोसर आदि छपाई सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिका सिकाउन निर्देशन दिएको हो ।