१२ श्रावण २०८३, मंगलबार

लगातार ३ दिन बिदा परे अस्पताल र सरकारी निकाय खुल्ने, २ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित



काठमाडौं । सरकारले हप्तामा २ दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको हो ।

सरकारले लगातार ३ दिन पनि सार्वजनिक विदा हुने अवस्थामा विभिन्न सरकारी निकाय अस्पतालहरुको सेवा सञ्चालन गर्ने व्यवस्था गर्ने गरी राजत्रपमा सुचना प्रकाशित गरेको छ । हप्तामा दुई दिन विदा दिने गरी सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९.३० बजे देखि अपरान्ह ५.३० बजेसम्म निर्धारण गने व्यवस्था गरेको छ । तर, कात्तिक १६ गते देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९.३०. बजे देखि अपरान्ह ४.३० बजेसम्म रहने व्यवस्था छ ।

वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।