फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा ९६ प्रतिशतले वृद्धि, अधिंकाश सूचकमा आकर्षक सुधार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा ९६ प्रतिशतले वृद्धि, अधिंकाश सूचकमा आकर्षक सुधार



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको खुद नाफा ९६.१३ प्रतिशतले बढेर ७० करोड ९१ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ३६ करोड १५ लाख ५४ हजार रुपैयाँमा सिमित रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशतले बढेर १ अर्ब ११ करोड १५ लाख ७४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८५ करोड ३१ लाख ४८ हजार रुपैयाँमा सिमित भएको हो ।

चैत मसान्तसम्मको अवधिमा संचालन नाफा ८४.६३ प्रतिशतले बढेर १ अर्ब ४ करोड ९० लाख १३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अवधिमा भने सो नाफा ५६ करोड ८१ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ३५ प्रतिशतले बढेर ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ, जगेडा ६४.४६ प्रतिशतले बढेर १ अर्ब ७३ करोड २९ लाख ६० हजार रुपैयाँ, सापटी १५.९५ प्रतिशतले बढेर १० अर्ब १४ करोड ७५ लाख २१ हजार रुपैयाँ, निक्षेप १९.१५ प्रतिशतले बढेर ७६ करोड ८४ लाख १२५ रुपैयाँ र कर्जा ३०.८० प्रतिशतले बढेर २० अर्ब ५ करोड ४१ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ९० पैसाले बढेर १११ रुपैयाँ ९७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ३०५ रुपैयाँ २२ पैसा छ


प्रतिक्रिया दिनुहोस्