सन नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ५०.२४ प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन कति ?
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा खुद नाफामा आकर्षक सुधार देखिएको छ ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद नाफा ५०.२४ प्रतिशतले बढेर १४ करोड ३६ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ९ करोड ५५ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ४०.१३ प्रतिशतले बढेर २ अर्ब १ करोड ९५ लाख ६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क १ अर्ब ४४ करोड १० लाख ८७ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १३२.२७ प्रतिशतले बढेर ३३ करोड १० लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १४ करोड २५ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
तेस्रा त्रैमाससम्ममा कम्पनीको जगेडा कोष ३३.४५ प्रतिशतले बढेर ४४ करोड ३४ लाख ५० हजार रुपैयाँ, महाविपत्ती कोष ५१.७४ प्रतिशतले बढेर ५ करोड ६० लाख २५ हजार रुपैयाँ, जीवन बीमा कोष ५४.१५ प्रतिशतले बढेर ३ अर्ब ३६ करोड ५४ लाख ८९ हजार रुपैयाँ, बीमा लेख धितो कर्जा ४३.९५ प्रतिशतले बढेर ३१ करोड १७ लाख २४ हजार रुपैयाँ र अभिकर्ता कमिशन १४ प्रतिशतले बढेर २९ करोड १८ लाख २५ हजार रुपैयाँ रहेको छ ।













