तेस्रो त्रैमाससम्मका प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरण कस्तो
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा १०.७५ प्रतिशतले घटेर ११ करोड ३६ लाख २९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १२ करोड ७३ लाख ११ हजार रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मका कम्पनीको खुद बीमा शुल्क आर्जन २६.२३ प्रतिशत ३५ करोड ७४ लाख ५१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ४८ करोड ४५ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्ममा कम्पनीको खुद दाबी भुक्तानी ७.७० प्रतिशतले बढेर १७ करोड ७२ लाख ४१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी खुद दाबी भुक्तानी १६ करोड ४५ लाख ७६ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क ५.२८ प्रतिशत १ अर्ब १० लाख ४१ हजार रुपैयाँ, जगेडा कोष २०.६९ प्रतिशतले बढेर ३१ करोड ५५ लाख ४९ हजार रुपैयाँ, बीमा कोष ८.८३ प्रतिशतले ६५ करोड ३६ लाख ३५ हजार रुपैयाँ, महाविपत्ती कोष ५९.४० प्रतिशतले बढेर २ करोड २१ लाख ७३ हजार रुपैयाँ र ब्यवस्थापन खर्च १५.१६ प्रतिशतले बढेर १६ करोड ५२ लाख ४६ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ६७ पैसा र प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ४३ पैसा रहेको छ ।













