नरेन्द्र मोदीको नेपाल भ्रमण तालिका सार्वजनिक, काठमाडौं भने नआउने
काठमाडौं । बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समउ तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण तालिकमा मोदी काठमाडौं आउने कार्यक्रम भने छैन ।
भ्रमणका क्रममा मोदीले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गर्नेछन् । लुम्बिनी विकास कोषले नेपाल सरकारको संयोजकत्वमा आयोजना गर्ने बुद्धजयन्ती कार्यक्रमलाई पनि मोदीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, मोदीले लुम्बिनी विहार क्षेत्रभित्र अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास पनि गर्नेछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले भने लुम्बिनीमै पुगेर मोदीसँग भेटवार्ता गर्नेछन् । सन् २०१४ यता मोदीको यो पाँचौ नेपाल भ्रमण हो ।














