नुवाकाेट तारकेश्वर ४ मा एमालेले विरासत जाेगायाे, हरी पाैडेलकाे प्यानलनै विजयी
नुवाकाेट । नुवाकाेटकाे तारकेश्वर गाउँपालिका वाड नं. ४ काे वडाध्यक्षमा एमालेका हरी पाैडेल निर्वाचित भएका छन् । पाैडेलले नेपाली कांग्रेसका गाेविन्द तिवारीलाई २ सय ४ मतले हराएका हुन् ।
साविक बुधिसं गाविस रहेकाे वाड नं. ४ मा एमालेले आफ्नाे विरासत जाेगाएकाे छ । विगतमा पनि साे वडामा एमालेबाटै स्व. राममणी अधिकारी विजयी भएका थिए ।
अध्यक्षमा निर्वाचित पाैडेलले ८ सय ८८ मत पाएका छन् भने निकटतम् प्रतिद्वन्दी कांग्रेसका गाेविन्द तिवारीले ६८४ मत पाएका छन् । साे वडामा एमालेकाे प्यानलनै विजयी भएकाे छ ।

यसअघि तारकेश्वर ६ मा एमालेका नारायण रिमाल र ५ मा कांग्रेसका अशाेक तामाङ विजयी भैसकेका छन् । हालसम्म गाउँपालिका अध्यक्षका प्रत्यसी एमालेले १८४१ मत र कांग्रेसले २४५५ मत ल्याएकाे छ । उपाध्यक्षमा एमालेकी काेपिला भट्टले १९११ मतका साथ अग्रता लिएकी छिन् भने गठबन्धनका उम्मेदवार हरी रिमालले १६१६ मत पाएका छन् ।













