१३ श्रावण २०८३, बुधबार

दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरु सार्वजनिक



काठमाडौं । दीपा राई पुनको कविता सङ्ग्रह “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरु” ३१ वैशाख थापागाउँस्थित मण्डला थिएटरमा सार्वजनिक भएको छ । कवि तुलसी दिवस, कविकी आमा विमला राई, नेपाली वाङमयका साक्षी खगेन्द्र लुईँटेल, साहित्य शिल्पी प्रगति राई, कवि स्वयं दीपा राई पुन र विप्लव प्रतीकले कविताकृतिको लोकार्पण गरेका हुन ।

कवि तुलसी दिवसले “मलाई दीपाका कविता पढ्दा ईष्र्या महसुस भएको र मलाई यो सङ्ग्रह यति मन परेको छ, अरुलाई मन नपर्ने त कुरै हुँदैन ।” सङ्ग्रहको प्रकाशक ‘वी रिड’ का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिति अमात्यले आफ्नो प्रकाशन संस्था कथालयबाट बालबालिकाहरुकालागि पुस्तक प्रकाशन गर्ने मात्र नभई वी रिडमार्फत नेपाली वाङ्मयका अन्य विधामा पनि पुस्तक प्रकाशन बताए । उनले भने, “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरु त्यसैको उदाहरण हो” । सम्भवत यो काव्य सङ्ग्रह नेपाली वाङ्मयमा रुचिपूर्वक पढिनेछ ।”