मतपत्रमा छाप प्रस्ट नभएको भन्दै भरतपुरमा विवाद, रोकियो गणना
काठमाडौं । सबैंको चासोको विषय रहेको भरतपुर महानगरपालिकाको मत गणनामा विवाद भए पछि रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवार र प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो ।
नेकपा एमालेका प्रतिनिधिका अनुसार छाप प्रस्ट नभएको भन्दै अन्य दलका प्रतिनिधिले सूर्यमा परेको मतलाई ‘बदर’ गराउन खोजेपछि मतगणना रोकिएको हो ।
हालसम्म ५१ सय ७७ मतगणना सकिँदा गठबन्धनबाट मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् ।
यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २०५० मत र राप्रपाकी हिमला गुरुङले १४५१ मत पाउदै दोस्रो स्थानमा छिन ।













