सोमबार नेपाल एयरलाइन्सको काठमाडौं-भैरहवा-काठमाडौं उडाने हुने
काठमाण्डौ । जेठ २ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने भएको छ । यो दिन नेपाल एयरलाइन्सले काठमाण्डौ–भैरहवा–काठमाण्डौ उडान भर्ने भएको हो ।
नेपाल एयरलाइन्सको ए३२० न्यारोबडी विमानले काठमाण्डौबाट बिहान ६ बजे भैरहवाका लागि उडान भर्नेछ । यो विमान भैरहवाबाट बिहान ८ बजे नै काठमाण्डौका लागि उड्नेछ ।
नेवानिले ४ हजार ५१० र ७ हजार ४० रुपैयाँ गरी दुई प्रकारको मूल्य सार्वजनिक गरेको छ । टिकट मोवाइल एप र वेवसाइटबाट लिन सकिने भएको छ । २ जेठदेखि नै कुवेतबाट जजिरा एयरवेजले समेत यस विमानस्थलमा उद्घाटन उडान गर्दैछ ।













