बालेन शाह स्थापितभन्दा ३०७३ मत धेरैले अगाडि
काठमाडौं । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहनुभएका बालेन्द्र साहले अग्रता कायम गरेका छन् ।
स्वतन्त्र उम्मेदवार साह ६ हजार ४८६ मतसहित अग्र स्थानमा छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवार साहलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् ।
एमाले उम्मेदवार स्थापितले हालसम्म ३ हजार ४१३ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार २ मत ल्याएकी छन् ।
त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायम गरेकी छिन । उनले अहिलेसम्म ५ हजार ८४४ मत सहित अग्र स्थानमा रहेछि छन् । उनलाई रामेश्वर श्रेष्ठले १ हजार ६०९ मत सहित पछ्याइरहेका छन् ।













