दार्चुलामा विजय जुलुसमा गइरहेको गाडी दुर्घटना हुदाँ ३ जनाको मृत्यु
काठमाडौं । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा गइरहेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज (जेठ २ गते) बिहान साढे ९ बजे हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका जनाएको छ ।
चालकसमेत रहेका शैल्यशिखर नगरपालिका ६ का प्रकाश धामी र सोही ठाउँका सहचालक समेत रहेका नविन सिंह धामीहरिस धामीको मृत्यु भएको छ । हाइस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई ल्याउन ग्यानी गएको थियो ।













