मालारानी गाउँपालिका-६ मा १ मतको अन्तरले एमालेका आर्याल वडाध्यक्षमा विजय
काठमाडौं । अर्घाखाँचीको लारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्ष पदमा एमालेका नारायणप्रसाद अर्याल १ मत बढी ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी ५ दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार उदयबहादुर पुन मगरलाई एक मतान्तरले पराजित गरेका हुन् ।
अर्यालले ८ सय ४९ मत ल्याएर विजयी हुदाँ पुनले ८ सय ४८ मत ल्याए । सुरुदेखि नै निरन्तर मत बराबर भएपछि पटक पटक पुनः मतगणना गर्दा पछिल्लो मत परिणाममा अर्यालको एक मत बढी आएपछि निर्वाचित भएको घोषणा गरेको हो । अर्याल दोस्रो पटक अध्यक्षमा विजयी भएका हुन् ।












