मन्त्री बडूको गृहजिल्ला दार्चुलामा कांग्रेस मेयरमा निल
काठमाडौं । स्थानिय तहको निर्वाचन बैशाख ३० गते सम्पन्न भएसँगै मत पणिराम आउने क्रम जारी रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूको गृह जिल्ला दार्जुलामा नेपाली कांग्रेस निल भएको छ ।
९ वटा स्थानिय तह रहेको दार्जुलामा मेयर ५ एमालले जितेको छ भने ४ तह माओवादी उम्मेदवारले जितेका हुन । जसमा एमालेले शैल्यशिखर नगरपालिका विजयसिंह धामी, महाकाली नगरपालिकामा नगरसिंह चैसिर, ब्यास गाउँपालिकामा मंगलसिंह धामी, दुहुँ गाउँपालिका नरेन्द्रबहादुर सिंह बडाल, मालिकार्जुन गाउँपालिकामा हिरासिंह धामीले जित हासिल गरेको हो ।
माओवादीले अपि हिमाल गाउँपालिकामा भक्तसिंह बोहरा, मार्मा गाउँपालिका जमनसिंह धामी, नौगाड गाउँपालिका दलजीत सिंह धामी र लेकम गाउँपालिका रामदत्त जोशी प्रमुखमा विजय भएका हुन ।
उप प्रमुखमा भने काग्रेसले ४ तह, ३ तहमा एमाले र २ तहमा माओवादले जित हासिल गरेको हो ।













