प्रधानमन्त्री देउवाका भाइको निधन
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवालाई भ्रातृशोक परेको छ । उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो ।
देउवाका भाइ प्रेमबहादुर देउवाको फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत रहेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।












