हेटौडामा नो भोट लेखीएको मतपत्र भेटियो
काठमाडौं । बैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भएसँगै देशभर मतगणना भइरहेको छ भने कयौँ ठाउँमा नतिजा समेत आइसकेको छ । सोही मतगणनाको क्रममा मकवानपुरको हेटौडा उपमहानगरपालिकाको मतपत्रमा नो भोट लेखेको पाइएको छ ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर–४ मा एक जनाले आफ्नो मतपत्रमा नो भोट लेखेको पाइएको हो । अहिल हेटौडा उपमहानगरपालिकाको वडा नम्बर ४ मा १५५४ मतगणना हुँदा मेयरमा राप्रपाले ६२२, एकीकृत समाजवादीले ४१०, नेकपा एमालेले ६२२ मत ल्याएको छ ।
यस्तै उपप्रमुखमा नेपाली काँग्रेसले ७९६, एमालेले ४२४ र राप्रपाले २१३ मत ल्याएको छ ।













