देशैभर नेपाली कांग्रेस ३२० स्थानमा बिजय, एमालेले १९९ स्थानमा जित हासिल गर्दा माओवादी कति ?
काठमाडौं । बैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भएसँगै अहिले देशभरका धेरै पालिकाले आफ्ना जनप्रतिनिधि पाइ सकेको छ । हालसम्म ७२९ स्थानिय तहको निर्वाचनको परिणम आइ सक्दा कतिपय स्थानमा भने मतगणना जारी नै रहेको छ ।
नतिजा आइसकेका ठाउँहरुमा विजय उत्सव बनाइरहेका छन् भने नतिजा नआएका ठाउँहरुमा आजै नजिताको पर्खाइमा रहेका छन् । स्थानिय तहको निर्वाचनमा नेपाली कांगे्रस पहिलो दल बनेको छ भने नेकपा एमाले र माओवादी क्रमश दोस्रो र तेस्रा स्थानमा रहेका छन् । ५ दलिय गठबन्धनको एक्लो प्रतिस्पर्धी नेकपा एमालेले २०७४ को सालमा उत्साजनक नतिजा ल्याएको भए पनि यो पटक भने गठबन्धक भारी भएको छ । नेकपा एमालेलेबाट छुटिएको ए समाजवादीले एमालेलेको केही हदमा भोट काट्नु र ५ दलिय गठबन्धनसँग एक्लो लड्नुका कारण एमालेको भोटमा कमि आएको देखिन्छ । सत्तापक्षिय ५ दलसँग एमालेको उक्त नतिजालाई उत्कृष्ट मान्न सकिन्छ ।
एमालेबाट छुटिएर बनेको ए समाजवादीले समते खराब नतिजा ल्याएको छ । सत्ता पक्षीय गठबन्धनले कांग्रेस र माओवादीलाई फाइदा भएपनि समाजवादी भने खुम्चिएको हो । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ७ सय २९ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।
देशभर नेपाली कांग्रेसले मेयरमा ३२० पालिकामा जित हासिल गरेका छ भने ६ स्थानमा आजै अग्र स्थानमा रहेको छ । नेपाली कागे्रसलाई पछ्याउदै नेकपा एमालेले १९९ स्थानमा जित हासिल गर्दा ६ स्थानमा भने अग्रता कायम गरेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको माओवादीले १२० स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा अग्रता कायम गरेको छ । ए समाजवादी पार्टीले १७ ठाउँमा जित २ ठाउँमा अग्रता, जनता समाजवादी पार्टीले २८ स्थानमा जित ३ स्थानमा अग्र स्थान र स्वतन्त्र लगायत अन्य गरेर २९ ठाउँमा जित र २ ठाउँमा अग्र स्थान र लोकतान्त्रीत समाजवादी पार्टी १५ ठाउँमा जित १ स्थानमा अग्रता कायम गरेको छ ।
उममेयरमा समेत नेपाली कांग्रेस २९५ स्थानमा जित ५ स्थानमा अग्रता, एमालले २२९ स्थानमा जित ११ स्थानमा अग्रता, माओवादीले १२६ स्थानमा जित, ए समाजवादीले २१ स्थानमा जित २ स्थानमा अग्रता, जनता समाजवादी पार्टीले ३० स्थानमा जित २ स्थानमा अग्रता, अन्य स्वतन्त्र लगायत अन्य उम्मेवारल १८ ठाउँमा जित र लोकतान्त्रिक समाजवादी पाटीले ११ ठाउँमा जित १ ठाउँमा अग्र स्थान कायम गरेको छ ।
उक्त नतिजालाई हेर्न हो भने नेपाली कांग्रेस पहिलो पार्टी हुन निश्चत रहेको छ । एमालले पनि ५ दलिय गठबन्धनसँगको एक्लो प्रतिस्पर्धी गरी दोस्रो स्थान हासिल गर्नुलाई उत्कृष्ट नतिजा मान्न सकिन्छ ।













