एक सातामा बैंकहरुले ७ अर्ब रुपैयाँ निक्षेप भित्र्याए, सीडी रेसियो कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एक सातामा बैंकहरुले ७ अर्ब रुपैयाँ निक्षेप भित्र्याए, सीडी रेसियो कति ?



काठमाडौं । एक साताको अवधिमा वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ । ६ दिनको अवधिमा बैंकहरुले ७ अर्ब रुपैयाँ निक्षेप बढाएका हुन् । नेपाल बैंकर्स संघका अनुसार बैशाख ३० गतेसम्म ४३ अर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा एक सातामा ७ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ७७ अर्ब रुपैयाँ संकलन गरेका हुन् ।

यता बैंकहरुले एक साताको अवधिमा २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत बैशाख ३० गतेसम्म ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले एक सातामा २ अर्ब रुपैयाँ बढेर जेष्ठ ६ गतेसम्म ४१ खर्ब ९४ अर्ब रुपैयाँ प्रवाह गरेका हुन् ।

नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ९०.६० प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्